Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आउने

चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आउने


  • 449
    Shares

    चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आउने

    काठमाडौं । चलचित्र ‘लालीबजार’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो । 

    चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराइले चलचित्र शुक्रबारबाटै प्रदर्शनमा आउने बताएका छन् । यसअघि वैशाख १८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र उच्च अदालत पाटनको अन्तरिम आदेशको कारण रोकिएको थियो ।

    बादी समुदायको कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - ११:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij