Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

१.६४ अंकले घट्यो शेयर बजार

१.६४ अंकले घट्यो शेयर बजार


  • 449
    Shares

    १.६४ अंकले घट्यो  शेयर बजार

    काठमाडौं । साताको चौथो कारोकारको दिन बुधबारशेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ । 

    आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३६ कम्पनीको ७१ करोड ३१ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोडको शेयर कारोबार भएको छ । 

    सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटेको छ ।

    फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशत बढेको छ । अपर लोहोरेखोलाको ५.९५, तारागाउँ रिजेन्सीको ३.३८ प्रतिशत बढेको छ ।

    आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  

    share.JPG

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १५:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij