Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला


  • 1.1K
    Shares

    टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
    images

    काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरीसकेको छ । अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

    जसमध्ये १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। 

    त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता बाँडफाँड गरिसकेको छ।

    उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओमा छिटोमा बैशाख २३ गते र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १२:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij