Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु, ११ गम्भीर घाइते

सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु, ११ गम्भीर घाइते


  • 6.7K
    Shares

    सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु, ११ गम्भीर घाइते
    images

    अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ ।

    अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । 

    कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए । 

    बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

    अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । 

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १५:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij