Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु, ११ गम्भीर घाइते

सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु, ११ गम्भीर घाइते


  • 6.8K
    Shares

    सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु, ११ गम्भीर घाइते

    अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ ।

    अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । 

    कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए । 

    बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

    अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । 

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १५:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij