Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन

वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन


  • 666
    Shares

    वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन

    काठमाडौं । वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो । उनको निधनप्रति चलचित्र विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

    लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले ‘दौतरी’, ‘राजु राजाराम’, ‘सावधान’, ‘को आफ्नो को विरानो’, ‘मुग्लान’, ‘चोर सिपाही’, ‘ए मेरो हजुर’, ‘कोहिनूर’, ‘शासन’, ‘हिफाजत’ र ‘क्रोध’ लगायतका दर्जनौं चर्चित चलचित्रहरूमा कला निर्देशक तथा कलाकारका रूपमा काम गरेका छन् ।  नेपाली चलचित्रको दृश्य-सौन्दर्य, कला–निर्माण र रचनात्मक अभिव्यक्तिमा उनको ठूलो योगदान रहेको बोर्डले जनाएको छ।

    बोर्डले शोक विज्ञप्तिमा शेर्पालाई एक सरल, मेहनती र सबै कलाकर्मीका प्रिय व्यक्तित्वका रूपमा स्मरण गरेको छ।  

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १०:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij