Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सुदूरपश्चिम सरकारमा रहेका तीन मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको आरोप

सुदूरपश्चिम सरकारमा रहेका तीन मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको आरोप


  • 5.2K
    Shares

    सुदूरपश्चिम सरकारमा रहेका तीन मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको आरोप

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम कमिटीले माओवादी नेतृत्वको सरकारमा सहभागी प्रदेशका तीन मन्त्रीलाई कारवाही प्रक्रिया थालेको छ ।

    बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

    सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागिएको छ ।

    सोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

    बुधबार दलको बैठकले भने केन्द्रको निर्देशनविपरीत माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १६:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij