२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) बजार कारोबार समय ४५ मिनेट पहिला नै बन्द भएको छ । आज नेप्से सूचकांशमा नकारात्मक सर्किटका कारण ४५ मिनेट पहिला नै बन्द भएको हो ।
आज कारोबार भएको शुरुवात देखिनै घटिरहेको बजार २ बजेर १५ मिनेट जाँदा ६ प्रतिशतको गिरावटसँगै १२३.३४ अंकले घटेपछि बजार बन्द भएको छ । आज शेयर बजारमा ७ अर्ब २० करोडको कारोबार भएको छ । भने नेप्से सूचकांश एक हजार ९ सय ३२ दशमलब ११ विन्दुमा आइपुगेको छ ।
आज डिप्रोस डेभलपमेन्ट बैंक १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्स कम्पनी ९.९७ प्रतिशतले घटेको छ भने साञ्जेन जलविधुत कम्पनी पनि ९.९९ प्रतिशतले घटेको छ ।
त्यसैगरि १० प्रतिशतभन्दा बढी गिरावट आउनेमा नेपाल टेलिकम, आइ डेन्सिटी लिपोप्राटिन, शिभम् सिमेन्ट, हिमालयन जनरल इनस्योरेन्स, परवार्ड माइक्रोफाइनान्स, नेशनल लाइफ इनस्योरेन्स रहेका छन् ।
यसैगरि, नेको इनस्योरेन्स, सर्भिस म्यासेज ब्लक, नाडेप लघुवित्त, स्वावलम्बन लघुवित्त, एनएमबी लघुवित्त कम्पनीमा बढी गिरावट आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij