Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

घट्न रोकिएन शेयर बजार, ५ अर्बमा खुम्चियाे काराेबार

घट्न रोकिएन शेयर बजार, ५ अर्बमा खुम्चियाे काराेबार


  • 491
    Shares

    घट्न रोकिएन शेयर बजार, ५ अर्बमा खुम्चियाे काराेबार

    काठमाडौं । लगातार चौथो दिन पनि शेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा कायम भएको छ।

    आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । आज दिनभरिमा ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ । 

    उत्पादन तथा प्रशोधन समूह ०.६० तथा व्यापार समूह ०.४३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशत घटेको छ । बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशत घटेको छ ।

    २ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.२४ तथा नारायणी डेभलपमेन्ट बैंकको ५ प्रतिशत मूल्य बढेको छ ।

    सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशत घटेको छ । सुपर खुदी हाइड्रोपावरको ७.१७, गणपति लघुवित्तको ६.३८ तथा रिजलाइन इनर्जीको ५.३३ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोलाको२६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १५:२८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij