२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.९५ अंकले घटेर २,८०४ को विन्दुमा कायम भएको छ ।
आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.१३, फाइनान्स ०.५८, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा ०.३८ प्रतिशत बढेको छ । विकास बैंक ०.२७, होटल तथा पर्यटन २.३६, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१५, अन्य ०.०३ तथा व्यापार १.१० प्रतिशत घटेको छ ।
३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै झापा इनर्जीको मूल्य १४.०८, गुराँस लघुवित्तको ९.१६ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवर कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij