Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

शेयर बजारमा १७ अंकको गिरावट, ३ कम्पनी बढे १५ प्रतिशत

शेयर बजारमा १७ अंकको गिरावट, ३ कम्पनी बढे १५ प्रतिशत


  • 631
    Shares

    शेयर बजारमा १७ अंकको गिरावट,  ३ कम्पनी बढे १५ प्रतिशत

    काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १७.९१ अंकले घटेर २,८०७ को विन्दुमा कायम भएको छ ।

    आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । 

    होटल तथा पर्यटन समूह १.१६ प्रतिशत बढेको छ । अघिल्लो दिन पनि यही समूह सबैभन्दा धेरै बढेको थियो । आज योबाहेक सबै समूहका सूचक घटेको छ । बैंकिङ ०.४५, फाइनान्स १.०९, हाइड्रोपावर १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.८६, अन्य १.२७ तथा व्यापार ०.९६ प्रतिशत घटेको छ । 

    ३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२, एसियन हाइड्रोपावरको १०.३८ प्रतिशत मूल्य बढेको छ ।

    दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ८.७१, सोलु हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल छन् ।

    आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावर कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १४.८२ प्रतिशतका दरले कमाएका छन् ।

    share.JPG

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १५:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij