Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ


  • 1.6K
    Shares

    बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ
    images

    काठमाडौं । कञ्चनपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ। सोमबार राति पुर्नवास नगरपालिका-५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरको हत्या भएको प्रहरीले जनाएको छ। 

    बिहेमा गएका बेला दुई समूहबीच विवाद हुँदा सायरमाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताएका छन्। 

    उनका अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएका सायरको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

    उनीमाथि हतियार प्रहार गरेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी शाहीले बताएका छन्।  

    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - ११:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij