Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रतिनिधिसभा विघटनविरूद्ध परेका १९ वटै रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा आजै हुने

प्रतिनिधिसभा विघटनविरूद्ध परेका १९ वटै रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा आजै हुने


  • 7.5K
    Shares

    प्रतिनिधिसभा विघटनविरूद्ध परेका १९ वटै रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा आजै हुने

    काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेन्चबाट सुनुवाई हुने भएको छ ।

    संसद विघटनविरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुनेगरी तोकेका हुन् ।सर्वोच्चका अनुसार अन्तरिम आदेश मागिएका १९ वटा रिटको सुनुवाई आजै हुनेछ ।

    रिट निवेदकहरुले संसद पुनःस्थापनाको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो । साथै विपक्षी गठबन्धनका १४६ सांसदसहित परेका अन्य ११ वटा रिटमा भने शुक्रवार सुनुवाई हुन लागेको हो ।

    शनिवार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरि मध्यावधी निर्वाचन तोकेसँगै त्यसको विरुद्ध ३० वटा रिट निवेदन परेका छन् ।

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - ११:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij