Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी


  • 127
    Shares

    चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी

    काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समिर बलामी चयन भएका छन् । संघको शनिबार राती सम्पन्न १०औँ महाधिवेशनबाट बलामी  दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनी निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पछि पार्दै संघमा विजयी भएका हुन् ।

    निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष ९कार्यक्रम०मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष ९महिला० तर्फ दिपज्योति थापा छानिएकी छन् । 

    संघको महासचिवमा गोपी कृष्ण चापागाई, सचिव पदमा मदन रिजाल छानिन सचिव ९समावेशी० तर्फ महम्मद जालिम निर्विरोध चुनिएका छन् । त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान, सह-कोषाध्यक्षमा अर्जुन गुरागाई विजय भएका छन् ।

    संघको सदस्य पदमा ८ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाई, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् ।

    नयाँ कार्यसमितिले आगामी तीन वर्षका लागि चलचित्र पत्रकारिताको हकहित र उत्थानका लागि काम गर्नेछ ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - ११:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij