२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा बिहीबार उम्मेदवारी दर्ता गराएका छन् ।
खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।
२७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ। खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij