२०८३ बैशाख २ गते बुधवार
काठमाडौं। चाडपर्वमा माछामासु धेरै नै खाइन्छ । माछामासु खाएपछिको समस्या हो, दाँतमा अल्झने । यस्तो बेला स-सना सिन्कोले दाँत कोट्याउने आम प्रवृत्ति छ ।
जबकि दन्त रोग विशेषज्ञहरु भन्छन्, ‘यसरी दाँत कोट्याउँनु उचित हुँदैन । यसले दाँतलाई कमजोर बनाउँछ ।’
दाँतमा टुथपिक भाँचिन सक्छ
कतिपय यस्ता समस्या पनि देखिने गरिएको छ कि, दाँतको चेपमा टुथपिक भाँचिएर त्यही अड्किने । जति गर्दा पनि सिन्को निकाल्न नसकेपछि उनीहरु चिकित्सककहाँ पुग्ने गरेका छन् । ‘यस्तो अवस्थामा आरसिटी गर्नुपर्ने वा दाँत निकाल्नुपर्ने पनि हुनसक्छ’ डा अधिकारी भन्छन् ।
दाँतमा अड्किएको खानेकुरा कसरी झिक्ने त ?
कतिपयले दाँतभित्र अड्किएका यस्ता सिन्को निकाल्दैनन् । त्यसले बिस्तारै समस्या दिन थालेपछि अरु जटिलता थपिन सक्नेछ ।
‘दाँतको बीचको खाली भागमा अल्झिएको सिन्कोले गर्दा संक्रमण हुने, अन्य खानेकुरा पनि त्यही जमेर बस्ने जस्ता समस्या हुन्छ’ उनी भन्छन्, ‘यो स्थिती रहिरह्यो भने दाँत र गिजामा निकै हानि पुग्छ ।’
कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले राम्ररी कुल्ला गर्ने, औंलाले दाँत घोट्ने वा हल्का ढंगले ब्रस गर्ने उपाय उचित हुने डा। अधिकारीको सुझाव छ । दाँतमा खानेकुरा अल्झिएमा डेन्टल फ्लोस वा इन्टर डेन्टल ब्रस प्रयोग गरेर खानेकुरा निकाल्न सकिन्छ ।
डेन्टल फ्लोस भनेको धागोले दाँतको कुनाकाप्चाबाट खानेकुरा निकाल्ने विधी हो । यो साामन्य धागोभन्दा फरक हुने डा। अधिकारी बताउँछन् । यस्तो धागो सजिलै चुडिने वा टुक्रिने हुँदैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij