Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं भन्दा बढी विस्थापित

भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं भन्दा बढी विस्थापित


  • 7.4K
    Shares

    भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं भन्दा बढी विस्थापित
    images

    काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

    यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चक्रावातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको बताएकी छन् । भारत सरकारले यी दुई राज्यमा देखिनसक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो ।

    अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि आपतकालीन शिविरमा मास्क वितरण तथा भौतिक दूरी कायम गराउन कठिन हुने र यसले कोरोना संक्रमण फैलाउन सहयोग गर्ने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    गत साता भारतमा ताउ ते चक्रवातको असर पश्चिमी राज्यहरुमा देखिएको थियो । उक्त चक्रवातपछि भएको भारी वर्षा र हावाहुरीको कारण कम्तीमा १५५ जनाको मृत्यु भएको थियो । एजेन्सी

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १५:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij