२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल अन्ततः लामो प्रतीक्षापछि फिल्ममा कमब्याक गरेका छन् । त्यो पनि शक्तिशाली कथा ‘परालको आगो’सहित ।
करिब सात वर्षको अन्तरालपछि उनको कमब्याक फिल्म ‘परालको आगोले’ले यतिबेला नेपाली फिल्म उद्योगमा उत्सुकता बढाइरहेको छ। मानौ, नेपाली फिल्म क्षेत्रमा राम्रै फड्को मार्दैछ। यसको गीत,पोस्टरले दर्शकमाझ चर्चामा पुर्याएको त छँदैछ ।
अझै निर्माताले आफ्नो फिल्ममाथी गरेको भरोसाले यो फिल्म उत्कृष्ट बनेको छ भन्दा फरक नपर्ला। किनभने निर्माताहरु फिल्म बनाउने अनि डराउने गर्छन्। तर निर्माता पोखरेलमा आत्मविश्वास बढि देखिन्छ ।
निर्माता पोखरेलले नेपाली सिनेमालाई दिएका योगदान कुनै साधारण छैनन्। परदेशी, मैदान, जीवनदाता, जय शिव शंकर ,निगरानी, बडिगार्ड, लभसब, राधेहुँदै पछिललो फिल्म ‘यात्रा’ जस्ता फिल्ममार्फत उनले ठूला स्टारहरूसँग काम गर्दै हिट र यादगार सिनेमाको श्रृंखला दिएका छन्।
कमब्याक फिल्म ‘परालको आगो’ मा सौगात मल्ल,सुहाना थापा,प्रकाश सपुत मुख्य भूमिकामा देखिँदैछन् । सामाजिक यथार्थ, गहिरो भावना र शक्तिशाली कथा बोकेको यो फिल्म बैशाख ११ गते प्रदर्शनमा आउँदैछ ।
फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ ।
यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij