Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्रीलाई रक्षा बमको प्रश्न- गरिब हुनु अपराध हो ?

गृहमन्त्रीलाई रक्षा बमको प्रश्न- गरिब हुनु अपराध हो ?


  • 1.2K
    Shares

    गृहमन्त्रीलाई रक्षा बमको प्रश्न- गरिब हुनु अपराध हो ?
    images

    काठमाडौं । सम्पत्ति विवरणमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति जेनजी अगुवा रक्षा बमले प्रश्न उठाएकी छन् ।

    गृहमन्त्री गुरुङले ‘गरिब भएर जन्मिनु गल्ती नभएको तर मर्दा गरिब भएर मर्नु गल्ती’ हुने अभिव्यक्ति दिएका थिए । त्यसमा बमले प्रश्न उठाएकी हुन् ।

    रक्षा बमको भनाइ यस्तो छ : 

    माननीय गृहमन्त्रीज्यू
    फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।

    आज हाम्रो देशका २०५ भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।

    जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला ररु आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस्।

    bam.JPG

    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १६:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij