Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

‘पाँच पाण्डव’मा ‘बले’को ठाउँमा सुशील सिटौला

‘पाँच पाण्डव’मा ‘बले’को ठाउँमा सुशील सिटौला


  • 295
    Shares

    ‘पाँच पाण्डव’मा ‘बले’को ठाउँमा सुशील सिटौला

    काठमाडौं । छायाङ्कनरत फिल्म ‘पाँच पाण्डव’ मा कलाकार सुशील सिटौला भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर उनी भित्रिएका छन् । फिल्मको कथामा रहेका पाँच पाण्डवका पात्रमध्ये एक कलाकार सागर लम्साल ‘बले’ केही अगाडि बाहिरिएसँगै निर्माण युनिटले सिटौलालाई भित्र्याएको हो ।

    फिल्ममा अब हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला ‘पाँच पाण्डव’ को रूपमा देखिनेछन् । फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतको पनि अभिनय रहने भएको छ ।

    कालीरानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्देशक वसन्त निरौला हुन् । गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट छायाङ्कन थालिएको फिल्मका लेखक सुशील पौडेल रहेका छन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १४:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij