Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा


  • 316
    Shares

    ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ । डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो ।

    शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएसँगै ओलीलाई आईसीयूमा सारिएको छ । पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन् ।

    नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

    सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । सोही अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १२:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij