Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगल शाहीले दाबी पेस गर्ने

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगल शाहीले दाबी पेस गर्ने


  • 883
    Shares

    कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगल शाहीले दाबी पेस गर्ने
    images

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सो विषयमा छलफलका लागि शाही निवर्तमान मुख्यमन्त्री यामलाल कँडेललाई लिएर काठमाडौँ आएका हुन्।

    नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरिसकेका छन्। कर्णालीमा नेकपाको १३ सांसद छन् भने एमालेका १० जना छन्। यस्तै नेपाली कांग्रेसको १५ सांसद छन्। यसै गरी, राप्रपाको १ जना र अर्का एक जना नेकपा छोडेर जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका छन्। 

    प्रदेश सरकार गठनका लागि २१ सदस्यको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री यामलाल कँडेलले शनिबार राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनको लागि मंगलबार साँझसम्मको समय दिएका छन्।

    शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच प्रदेश सरकार बाँडफाँटमा सहमति भएको थियो। जसअनुसार कर्णाली नेकपाको भागमा परेको छ। नेकपाले मंगलबहादुर शाहीलाई मुख्यमन्त्री बनाउँदैछ। उनी नेकपा कर्णाली प्रदेश सभाका संसदीय दलका नेता हुन्। 

    पार्टी केन्द्रमा जुटेको निर्णयअनुसार प्रदेशमा नयाँ सरकार गठनको तयारी अघि बढिरहेको मुख्यमन्त्री निश्चित भएका शाही बताउँछन्। 

    ‘प्रदेश प्रमुखको कार्यालयबाट १२ गतेसम्म दाबी पेस गर्न सूचना प्रकाशित भएको छ। तर, हामी भोलि (सोमबार) साँझसम्म सबै कुरा टुंग्याएर भ्याए भोलिनै,  नभ्याए पर्सि २३ जना सांसदको हस्ताक्षर लगेर नयाँ सरकारको दाबी पेस गर्छाैँ,’ शाहीले भने, ‘पार्टीबाट निर्णय भइसक्यो, केही विषय मिलाउन हामी दुवै जना काठमाडौँमा छौँ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १९:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij