Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीको सचिवालयमा हाल २७ जना, तीन सदस्य हटाउँदै बालेन

प्रधानमन्त्रीको सचिवालयमा हाल २७ जना, तीन सदस्य हटाउँदै बालेन


  • 1.9K
    Shares

    प्रधानमन्त्रीको सचिवालयमा हाल २७ जना, तीन सदस्य हटाउँदै बालेन
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयका तीन जना सदस्यलाई हटाउने तयारी गरेका छन् । 

    प्रधानमन्त्रीको सचिवालयमा हाल २७ जना छन् । सचिवालयमा रहेको संख्याको विषयमा आलोचना भएपछि हटाउने तयारी भएको उनी निकट स्रोतले जानकारी दिएको छ । 

    “सचिवालयको संख्याका विषयमा निकै आलोचना भएको छ । सचिवालयबाट तीन जनालाई बिदा गर्ने तयारी प्रधानमन्त्रीज्यूको छ,” स्रोतले भन्यो । 

    सचिवालयमा रहेका माधव खनाललाई हटाइएको बताए पनि औपचारिक निर्णय भने नभएको स्रोत बताउँछ । पासपोर्ट प्रकरणसँगै उनको भूमिकाप्रति असन्तुष्टि बढेपछि हटाउन लागिएको हो ।  “माधव खनालसँगै तीन जनालाई सचिवालयबाट हटाउने तयारी छ,” स्रोतले भन्यो । 

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - २०:०५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij