२०८२ चैत्र २९ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति पार्टीको समर्थन रहेको जनाएका छन् ।
नेता विप्लवले आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न विद्यार्थी संगठनलाई सुझाव समेत दिएका छन् ।
विप्लवले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ। आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ । सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ। जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।
साथै उनले जुन संस्था र शक्तिको योगदानले अहिलेको परिवर्तन र सरकार बनेको भन्दै तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij