Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

प्रधानमन्त्री र नेताहरूविरुद्ध भ्रामक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

प्रधानमन्त्री र नेताहरूविरुद्ध भ्रामक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ


  • 659
    Shares

    प्रधानमन्त्री र नेताहरूविरुद्ध भ्रामक सामग्री  प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

    काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना युट्युबर पक्राउ परेका छन् ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

    'HADES' नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन् ।

     

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १०:५७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij