Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

प्रधानमन्त्री शाहलाई मोदीको निम्तो

प्रधानमन्त्री शाहलाई मोदीको निम्तो


  • 841
    Shares

    प्रधानमन्त्री शाहलाई मोदीको निम्तो

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन् । मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिएका हुन् ।

    परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिएका थिए । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पारेका छन् ।

    भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस। जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए । 

    नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आफ्ना आन्तरिक प्राथमिकताहरू तय गरिरहेको उनले भारतीय पक्षलाई जानकारी गराएका छन् । नेपाल र भारतबिच झण्डै ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रहरूमार्फत अघि बढ्ने बताए । 

    नयाँ सरकारको परराष्ट्र नीतिको सन्दर्भमा पनि मन्त्री खनालले केही दिनअघि मात्रै प्रधानमन्त्री शाहले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै सरकार नयाँ हुँदैमा परराष्ट्र नीतिको निरन्तरता नतोडिने स्पष्ट पारेको प्रसंग उनले स्मरण गराए । नेपालको संविधानले नै परराष्ट्र नीतिका आधारभूत कुराहरू निर्दिष्ट गरेको उल्लेख गर्दै उनले क्षेत्रीय अखण्डता, सार्वभौमसत्ताको रक्षा, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति नै वर्तमान सरकारको पनि आधारभूत मूल्यमान्यता हुने प्रष्ट पारे ।

    आफ्ना छिमेकी राष्ट्रहरू र विश्वभरका अन्य साझेदारहरूसँगको सम्बन्धलाई नेपालले मुख्यतया राष्ट्रिय हित र आर्थिक वृद्धिसँग जोडेर अगाडि बढाउने नीति लिएको छ । सरकारका सम्पूर्ण कूटनीतिक प्रयासहरू नेपालको द्रुत आर्थिक विकास र राष्ट्रिय स्वार्थमा केन्द्रित हुने परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चबाट सन्देश दिएका छन् 

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १०:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij