Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते


  • 953
    Shares

    कपिलवस्तुमा बस दुर्घटना,  २६ जना घाइते
    images

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसवासामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस बिहीबार राती करिब १२:३० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २६ जना घाइते भएका हुन्। घाइते मध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको टफिक ईनिस्पेक्टर राजन ढकाले बताए ।

    दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्। बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

    प्रकाशित मिति :चैत्र २७ २०८२ शुक्रवार - ०९:३२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij