Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

बिमितसँग नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कारबाही गर्ने बोर्डको चेतावनी

बिमितसँग नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कारबाही गर्ने बोर्डको चेतावनी


  • 253
    Shares

    बिमितसँग नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कारबाही गर्ने बोर्डको चेतावनी

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    बोर्डले सोमबार सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बिमितलाई बाहिरका औषधि पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको व्यापक गुनासो आएको जनाएको छ ।

    बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) विपरीत हुने भन्दै यसो गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

    बोर्डले केही अस्पतालहरूले स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने बिमितहरूलाई अग्रिम समय लिनुपर्ने बाध्यता गराएको र उनीहरू प्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    बोर्डले औषधि र अन्य सेवाहरूको दररेटका सम्बन्धमा पनि निर्देशन दिएको छ । निर्देशनमा यदि कुनै औषधि वा सेवाको अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेट भन्दा कम छ भने अस्पतालले न्यूनतम दरमै दाबी गर्नुपर्ने जनाएको छ ।

    666130737_1658544748617319_6517007804091096185_n_NDCgH7E3IP.jpg

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १७:३१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij