२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सरकारी वकिलले दलिल पेस गरेका छन् ।
नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारको नेतृत्व गरेको जिम्मेवारीको आधारमा अनुसन्धानका लागि ओली–लेखकलाई गिरफ्तारी गरेको रूपमा हेरिनुपर्ने दलिल पेस गरेका हुन् । सोमबार बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ जारी छ ।
रेग्मीले यसअघि सर्वोच्च अदालतले गैर न्यायिक हत्याको सम्बन्धमा गौरको घटनाको विषयमा सुनिलरञ्जन सिंहले दायर गरेको मुद्दामा घटनामा जिम्मेवार व्यक्तिमाथि पनि अनुसन्धान हुने नजिर स्थापित भएको जिकिर गरे । अब परम्परागत अनुसन्धानबाट होइन प्रक्रियागत रूपमा अनुसन्धान हुने उनले बताए ।
नायव महान्यायाधिवक्ता रेग्मीले ओली–लेखकमाथि अनुसन्धान हुने कि नहुने भन्ने सम्बन्धमा कुमार पौडेलको गैर न्यायिक हत्यामा सीडीओ, डिआइजी समेतलाई अनुसन्धानमा ल्याएर कारबाही गर्नु भनेर सर्वोच्च अदालतले व्याख्या गरिसकिएको नजिर पेस गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij