Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ

अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ


  • 568
    Shares

    • images
    • images
    अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ

    काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउनेलाई पक्राउ गर्नेदेखि डिपोर्ट गर्नेसम्मका कारबाही हुने ती देशले जनाएका छन् ।

    सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेको परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले बताएका छन् ।

    इजरायल–अमेरिका र इरानबीच भइरहेको युद्धपछि इरानले खाडी मुलुकमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको छ । त्यही आक्रमणको क्रममा आएका क्षेप्यास्त्र तथा ड्रोनको फोटो भिडियो खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा गलत अफवाह फैलाउने गरेको अभियोगमा पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १५:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij