Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मीको मृत्यु : डब्ल्युएचओ

कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मीको मृत्यु : डब्ल्युएचओ


  • 6.2K
    Shares

    कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मीको मृत्यु : डब्ल्युएचओ
    images

    कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले बताएका छन् । ‘धेरै संक्रमित भएका छन् । हाम्रो अनुमानमा कम्तिमा १ लाख १५ हजार स्वास्थ्यकर्मी र केयर वकर्सहरुले अन्यको सेवा गर्ने क्रममा आफ्नो ज्यानको मूल्य चुकाएका छन्’ विश्वभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै ग्रिबियससले भने । 

    महामारी सुरु भएको १८ महिना बितिसक्दा पनि अवस्था जोखिमपूर्ण नै रहेको उनले चेतावनी दिए । अहिलेकै अवस्थालाई नियाल्दा, विगत वर्षभरि जुन संख्यामा मृत्यु भएको थियो, त्योभन्दा धेरै संख्यामा मानिसहरु आगामी दिन महिने अवधिमा मर्ने देखिएको उनले चेतावनी दिए । 

    ‘अहिलेसम्म खोपको प्रभावकारितालाई अति अवमूल्यन गर्ने कुनै पनि भेरिएन्टको उदय भएको छैन । तर, यस्तै अवस्था रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन’ उनले भने, ‘हामी धेरै स्पष्ट हुन जरुरी छ । महामारी समाप्त भएको छैन । र, हरेक देशमा फैलावट नियन्त्रण नभएसम्म यो सकिने वाला छैन ।’

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ३४ लाखभन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, १६ करोड ७० लाखभन्दा धेरै मानिस भाइरसको सम्पर्कमा आइसकेका छन् । एजेन्सी

     

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १५:४६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij