२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तै भविष्यमा केपी शर्मा ओलीको पनि खोजी हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पोखरेलले सो कुरा बताएका हुन् ।
अहिले ओलीकाविरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसादका विरुद्धमा केन्द्रीत रहेको बताउदै उनले भने - "त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।"
ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु एक भएर उभिएको बताउदै उनले त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिस नभएको बताएका छन् ।
उनले आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेको पनि उनले बताएका छन् । उनले भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।
उनले भने - "आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।"
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij