Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

४० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

४० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ


  • 484
    Shares

    • images
    • images
    ४० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

    काठमाडौं । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको हो  ।

    अख्तियारका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

    उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ११:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij