Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध नदोहोरिने रवि लामिछानेको घोषणा

प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध नदोहोरिने रवि लामिछानेको घोषणा


  • 183
    Shares

    • images
    प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध नदोहोरिने रवि लामिछानेको घोषणा

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय अब नदोहोरिने बताएका छन् । यसअघिका सरकारले प्रतिपक्षीमाथि प्रतिशोध गरेको जिकिर गर्दै अब रास्वपा नेतृत्वको सरकारले त्यस्तो नगर्ने बताएका हुन् । 

    बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा प्रश्न सोधेरै अहिले संसदसम्म आइपुगेको भन्दै अब जवाफ दिने ठाउँमा आइपुगेको बताएका छन् । उनले प्रतिपक्षीले पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

    उनले भने, ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’
       

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १५:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij