Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

टाटा स्टिल कम्पनीले कोरोनाका कारण मृत्यु भएका कर्मचारीका परिवारलाई नियमित तलब दिने

टाटा स्टिल कम्पनीले कोरोनाका कारण मृत्यु भएका कर्मचारीका परिवारलाई नियमित तलब दिने


  • 7.2K
    Shares

    • images
    टाटा स्टिल कम्पनीले कोरोनाका कारण मृत्यु भएका कर्मचारीका परिवारलाई नियमित तलब दिने
    images

    टाटा स्टील कम्पनीले भारतमा कोरोनाका कारण मृत्यु भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।

    निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्ने टाटा कम्पनीले जनाएको छ ।

    कोरोनाका कारण मृत्यु भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ । टाटा कम्पनीको यो घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।

    यसअघि ओयो रुम्सले कोरोनाका कारण मृत्यु भएका आफ्ना कर्मचारीका परिवारलाई ८ महिनाको तलब र पाँच वर्षसम्म उनीहरुका सन्तानको शिक्षा खर्च बेहोर्ने बताएको थियो ।

    यस्तै सिसाको गिलास बनाउने कम्पनी बोरोसिलले पनि कोरोनाका कारण मृत्यु भएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई दुई वर्षसम्म तलब दिने घोषणा यसअघि नै गरेको थियो ।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १३:१७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij