Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यातायात र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया पक्राउ

यातायात र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया पक्राउ


  • 967
    Shares

    यातायात र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया पक्राउ
    images

    काठमाडौं । सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

    बिहीबार वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी जम्मा १६ जना बिचौलिया पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरुले सेवाग्राहीको सवारी दर्ता किताब नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिइ बिचौलियाको काम गरिरहेका थिए ।

    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

    यातायात व्यवस्था कार्यालय सुर्खेतबाट प्रकाउ पर्नेमा दीपक बहादुर बि.क., ६२ को इन्द्र बहादुर शाही, प्रदिप खड्का, रमेश दमाई,हरिप्रसाद देवकोटा र  प्रभाकर शर्मा गौतम रहेका छन् । 

    त्यसैगरी मालपोत कार्यालय सुर्खेतबाट प्रकाउ पर्नेमा रोशमी तिवारी, लक्ष्मी शाही, कुसुम बुढा क्षेत्री, पार्वती योगी, पवित्रा न्यौपाने, दुर्गा शाही,सम्झना योगी, रोशनी शाही, निर्मला योगी र गीता सुनार रहेका छन् । 

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १३:५८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij