२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार बिहान पशुपति मन्दिरमा पुगेर गुरुङले विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् ।
उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री नियुक्त भएपछि गुरुङ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् ।
आज हनुमान जयन्ती पनि हो । हनुमान जयन्ती हिन्दु धर्मावलम्बीहरूले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।
दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेको बताएका छन् । उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij