२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १ः ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij