Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ढल्केवरको एक होटलमा युवती मृत फेला

ढल्केवरको एक होटलमा युवती मृत फेला


  • 3.4K
    Shares

    ढल्केवरको एक होटलमा युवती मृत फेला
    images

    काठमाडौं । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् । जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् ।

    इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी ढल्केवरको जुन तारा स्टापलाइन होटेलमा मृत फेला परेको खबर आएको थियो । उनी त्यही होटेलमा काम गर्थिन् ।

    आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।

    शव पोस्टमार्टमको लागि बर्दिबास अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

      

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १७:०६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij