२०८२ भाद्र २ गते सोमवार
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ ।
सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आज संसदीय दलको बैठक बोलाइएको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । ५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् ।
नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । प्रदेश सरकारमा एमालेको तर्फबाट सहभागी तीन जना मन्त्री सबै माधव नेपाल पक्षका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij