२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।
शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।
उनलाई थुनामा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले बताएका छन् । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए ।
प्रदर्शन स्थलबाट पक्राउ परेका अन्य ६ जना भने रिहा भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij