Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण, कुनको भाउ कति ?

आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण, कुनको भाउ कति ?


  • 834
    Shares

    आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण, कुनको भाउ कति ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज काउली, ब्रोकाउली, बोडी, फर्सी, घिरौँला, च्याउ, गाँजरसहितका तरकारीको भाउ केही घटेको छ। तर, करेला लगायतका केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेका छन्। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २५, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर १७, लोकल बन्दा २५, स्थानीय काउली ६६, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि तनेबोडी ८६, करेला १४०, लौका ७०, घिरौँला ८५, डल्ले फर्सी ३२, पाकेको फर्सी ५५, भिन्डी १००, कन्य च्याउ ११५, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ६५ रुपैयाँ प्रतिकिलो छ। 

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २५, रातो आलु १७, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २५, स्थानीय काउली ७५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६७, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो। 

    त्यसैगरि तनेबोडी ११०, करेला १३०, लौका ७५, घिरौँला १०५, डल्ले फर्सी ५५, पाकेको फर्सी ५५, भिन्डी १२०, कन्य च्याउ १३३, डल्ले च्याउ ३०७, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - ०८:३९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij