Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको शेयर आजदेखि लिलामीमा

एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको शेयर आजदेखि लिलामीमा


  • 7.6K
    Shares

    एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको शेयर आजदेखि लिलामीमा
    images

    काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको दुई ओटा कम्पनीको शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला भएको छ । 

    बैंकले आरएमडीसी लघुवित्तको २५ हजार ५२० कित्ता र ग्रामीण विकास लघुवित्तको ३० हजार कित्ता लिलामीमा विक्री खुला गरेको हो । आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता रू ४८५ र ग्रामीण विकास लघुवित्तको रू २६९ तोकिएको छ । 

    यी शेयरमा आवेदकले पुस ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभलपमेण्ट बैंकको केन्द्रिय कार्यालय बिर्तामोड झापाबाट पनि आवेदन गर्न सकिने बैंकले जानकारी गराएको छ । 

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १२:४१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij