Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

‘बेहुली’को शुभ–मुहूर्त, भदौमा प्रदर्शन हुने

‘बेहुली’को शुभ–मुहूर्त, भदौमा प्रदर्शन हुने


  • 638
    Shares

    • images
    ‘बेहुली’को शुभ–मुहूर्त, भदौमा प्रदर्शन हुने

    काठमाडौं । चलचित्र ‘बेहुली’ निर्माण हुने भएको छ । बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा चलचित्रको शुभ-मुहूर्त गरिएको छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको आगामी वर्षको हरितालिका तीजबाट प्रदर्शनमा आउनेछ ।

    चलचित्रका निर्माता सङ्गीतकार अर्जुन पोखरेल हुन् । पोखरेलका अनुसार यसै साताबाट चलचित्रको छायाङ्कन सुरु हुनेछ । लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा सक्रिय पोखरेल यसै चलचित्र मार्फत निर्माताका रूपमा उदाएका हुन् । 

    सशान कँडेलले निर्देशन गर्न चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रमा दिव्या रायमाझी, पारस बम ठकुरी (कुलब्वाय),सुशान्त कार्की,  पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय रहने छ । 

    चलचित्र काठमाडौं उपत्यकाभित्र काफिया फिल्मस् र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।  

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १६:३६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij