Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • 659
    Shares

    • images
    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४७ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम ४ हजार २१८ रुपैयाँमा कारोबार भएको थियो।  

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १०:५०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij