Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

शेयर बजारमा २४ अंकको गिरावट, १५ अर्ब ९ करोड माथिको शेयर कारोबार

शेयर बजारमा २४ अंकको गिरावट, १५ अर्ब ९ करोड माथिको शेयर कारोबार


  • 1.3K
    Shares

    शेयर बजारमा २४ अंकको गिरावट, १५ अर्ब ९ करोड माथिको शेयर कारोबार

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २,९३५ को विन्दुमा कामय भएको छ । 

    आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशत बढेको हो भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। 

    यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

    त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.७४ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने अपि पावरको ५१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    11.JPG

    images
    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १५:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij