२०८२ भाद्र ६ गते शुक्रवार
अफ्रिकी मुलुक कंगोको पूर्वी भागमा ज्वालामुखी विस्फोट भएपछि वरपरका गाउँमा तातो लाभा फैलिएको छ । त्यसले गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् ।
शनिवार राति पहिलोपटक माउन्ट नीरागोंगोमा ज्वालामुखी विस्फोट भएपछि गोमा शहरबाट मानिसहरू भागेर छिमेकी मुलुक रुवान्डा पुगेका थिए । अन्य २५ हजार मानिस उत्तरपश्चिममा रहको साकेमा गएको यूनिसेफले जनाएको छ ।
१७० भन्दा बढी बालबालिका हराइरहेका छन् । यूनिसेफका अधिकारीहरूले आमाबुवाबाट छुट्टिएका बालबालिकालाई राख्नका लागि ट्रान्जिट सेन्टर बनाएका छन् ।
यसअघि सन् २००२ मा उक्त ज्वालामुखी विस्फोट हुँदा व्यापक क्षति भएको थिएन । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij