२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५।०१ अंकले बढेर २,९३६ को विन्दुमा कायम भएको छ ।
आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ । फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२, माइक्रोफाइनान्स ०.४३ र अन्य समूह ०.०१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशतले घटेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । फस्र्ट माइक्रोफाइनान्सको ८.९६, आशा लघुवित्तको ८.८२, मेरो माइक्रोफाइनान्सको ८.१८ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij