Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

केबलकार दुर्घटना : १४ जनाको मृत्यु, एक गम्भीर घाइते

केबलकार दुर्घटना : १४ जनाको मृत्यु, एक गम्भीर घाइते


  • 6.0K
    Shares

    केबलकार दुर्घटना : १४ जनाको मृत्यु, एक गम्भीर घाइते
    images

    इटलीमा आइतबार एक केबल कार दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाको समयमा केबलकारमा १५ जना यात्रु भएको बताइएको छ । यात्रुमध्ये २ जना बालबालिका थिए ।

    १५ यात्रुमध्ये १४ जनाको मृत्यु भएको र बाँचेका एक बालक गम्भीर घाइते भएको सीएनएनले जनाएको छ । दुर्घटना रिसोर्टका लागि प्रसिद्ध सहर स्ट्रेसामा भएको हो । यो क्षेत्र लेक मेडियोर नजिकै पिडामोन्ट जिल्लामा पर्छ ।

    दुर्घटनाको जाँचको आदेश दिइएको छ । प्रारम्भिक जाँचअनुसार दुर्घटनाको कारण प्राविधिक हुन सक्ने मानिएको छ । इटलीको यो क्षेत्रमा अल्पस पर्वत श्रृंखला पर्छ । यहाँ विश्वभरबाट ठूलो संख्यामा पर्यटक आउँछन् । उहाँ लेक मेगियोर पनि छ । दुई पहाडलाई जोड्ने गरी केबल कार संचालन गरिएको छ । केबल कारको दूरी ४ हजार ९ सय फिट छ । यो दूरी पार गर्न केबल कारमा २० मिनेट लाग्छ ।

    इमरजेन्सी सर्भिसको बयान अनुसार दुर्घटनाको कारण प्रस्ट भइसकेको छेन । यसका कैयौं पक्षबारे जाँच भइरहेको छ । बयानका अनुसार जुन समयमा केबल कार दुर्घटना भयो त्यतिबेला ल्याण्डिङ केबिन केवल १०० मिटर टाढा थियो । ९ जनाको मृत्यु घटनास्थलमै भएको थियो । बाँकीको पछि अस्पतालमा मृत्यु भयो । जीवित बाँचेका एक बालकको अवस्था गम्भीर भएको बताइएको छ ।

    यस विषयमा प्रशासनको भूमिकामा पनि प्रश्न उठेको छ । यसअघि २०१४ मा यो केवल कारलाई मर्मत गर्नको लागि बन्द गरिएको थियो । त्यतिबेला पनि यसको सुरक्षाको विषयमा प्रश्न उठेको थियो । २ वर्षपछि २०१६ मा यसलाई फेरि सुचारु गरिएको थियो । तर, पछि यसको मर्मत नै गरिएन ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - ११:०४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij