Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

जिपसँग ठोक्किएपछि भारतीय नम्बरको कारमा आगलागी

जिपसँग ठोक्किएपछि भारतीय नम्बरको कारमा आगलागी


  • 274
    Shares

    • images
    जिपसँग ठोक्किएपछि भारतीय नम्बरको कारमा आगलागी

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । 

    पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४-००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    ठक्करपछि कार चालकले सवारी ब्याक गरेर भाग्ने प्रयास गर्दा सोही दिशाबाट आइरहेको प्रदेश २-०२-००१ च ०११७ नम्बरको जिपमा ठोक्किँदा दुर्घटना थप जटिल बनेको थियो ।

    दुर्घटनापछि कारमा आगलागी भई अघिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार घटनास्थलमै रहेको र नियन्त्रणमा लिएर कार्यालय ल्याउने तयारी भइरहेको छ ।

    कार चालक भारत, बिहार राज्यका ५० वर्षीय शरद प्रकाश चौधरी, बस चालक महोत्तरीको बर्दिवास नगरपालिका-७ का ३१ वर्षीय किरण राई र पिकअप चालक सर्लाही हरिवन नगरपालिका-६ का करिब ३५ वर्षीय अजयकुमार महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १३:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij