Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

निषेधित क्षेत्रमा अब एक्लै पदयात्रा गर्न पाइने, अध्यागमन विभागको नयाँ निर्णय

निषेधित क्षेत्रमा अब एक्लै पदयात्रा गर्न पाइने, अध्यागमन विभागको नयाँ निर्णय


  • 778
    Shares

    निषेधित क्षेत्रमा अब एक्लै पदयात्रा गर्न पाइने, अध्यागमन विभागको नयाँ निर्णय

    काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्दा लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी कडा नियममा ठूलो हेरफेर गरेको छ । अध्यागमन विभागले चैत ८ गते विभागीय निर्णय गर्दै अबदेखि एक जना मात्रै विदेशी पदयात्रीले पनि निषेधित क्षेत्रमा जाने अनुमति पाउने व्यवस्था गरेको हो ।

    यसअघि विभागले एकल पदयात्रीलाई निषेधित क्षेत्रको अनुमति नदिने व्यवस्था गरेका कारण पर्यटकले अनिवार्य रूपमा अर्को साझेदार खोज्नुपर्ने बाध्यता थियो । 

    यसले गर्दा पदयात्रामा जान चाहने कतिपय पर्यटक प्रभावित भएका र पर्यटन प्रवर्द्धनमा असर परेको भन्दै ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल ९टान० लगायतका संस्थाहरूले गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै विभागले एकल पदयात्रीका लागि पनि बाटो खोलेको हो ।

    तर, एक्लै पदयात्रामा जान चाहने विदेशीका लागि विभागले केही कडा सर्तहरू पनि राखेको छ । अबदेखि एकल पदयात्रीले अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन दिनुपर्नेछ र उनीहरूसँग जाने ट्रेकिङ गाइड पनि अनिवार्य रूपमा तोकिएको हुनुपर्नेछ । 

    विदेशी पर्यटकको सुरक्षा र निगरानीलाई ध्यान दिँदै विभागले एउटा गाइडले बढीमा ७ जना पदयात्रीलाई मात्र लैजान पाउने गरी नयाँ मापदण्ड पनि तय गरेको छ । एउटै समूहमा ठूलो संख्यामा पर्यटक हुँदा सुरक्षा र गतिविधि निगरानीमा समस्या हुने देखिएकाले यस्तो सीमा तोकिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

    653693211_920354194305372_284680965048081189_n_vADdzkyCvH.jpg

     

    images
    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १२:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij